Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अन्तत : जसपा विवादको च्याप्टर क्लोज, उपेन्द्र यादव पक्षलाई आधिकारिकता

    अन्तत : जसपा विवादको च्याप्टर क्लोज, उपेन्द्र यादव पक्षलाई आधिकारिकता

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।

    यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।



    जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।



    सनाखतको क्रममा  ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका थिए भने पार्टीका अर्का अध्यक्ष ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरे । हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका थिए।

    जसपा सरकारका जान्छ : यादव

    निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

    अध्यक्ष यादवले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको र आधिकारिकता आफू पक्षले पाएपछि सरकारमा सहभागी हुने बताएका हुन् । पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार