Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१३ लाखको चेक बाउन्स मुद्दामा फरार रहेकी शोभा सीआईबीको फन्दामा

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

तनहुँ व्याँस नगरपालिका-९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार सीआईबीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी शोभालाई उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ,

सीआईबीका अनुसार गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई सानिमा बिकास बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077