Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रत्येक प्रदेशमा १ हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्न गई अर्को लहर आउन सक्ने सम्भावना रहेको भन्दै उक्त सम्भावित चुनौतीको सामना गर्नका लागि प्रदेश आपूर्ति केन्द्रहरुलाई अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन दिएको हो ।

मौजुदा सिलिण्डरहरु पनि खाली नराख्न र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेसनहरु चालु र चुस्त अवस्थामा राख्न महाशाखाका प्रमुख डा मदन कुमार उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077