Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भारतको आसाममा झडपमा ६ प्रहरी जवानको मृत्यु

    भारतको आसाममा झडपमा ६ प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2K
    SHARES

    एजेन्सी । भारतको आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् ।

    आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले यसको जानकारी दिएका हुन् । मारिनेमा सीमा सुरक्षामा खटिएका जवान हुन् ।



    आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो ।



    यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् ।

    आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार