Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविन्द्र मिश्रको 'धारणा'ले तातेको सामाजिक सञ्जाल, 'परिवर्तनको एजेण्डामा संघीयता घुसाइयो'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले मुलक परिर्वतनको एजेण्डाभित्र खुसुक्क संघीयता घुसाइएको भन्दै धर्म, संस्कृति र राज्यबारे छुट्टै वहस हुनुपर्ने उल्लेख गरेका छन्।

सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्षता खारेजीको प्रस्ताव राखेपछि यो विषय पुनः बहसमा आएकोबेला एमाले नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

पूर्व संचारमन्त्री समेत रहेका बाँस्कोटाले मंगलबर सामाजिक सञ्जालमार्फत मुलुकको आर्थिक सामाजिक, सांस्कृति, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपाललाई संघीयतामा लगिएको बताएका छन् ।

ट्वीटरमा बाँस्कोटाले लेखेका छन् , ‘संघीयतामा कुनै देश किन गएरुहामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमी हेरेनौं। जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो। नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नुपर्छ।’

https://twitter.com/GokulPBaskota/status/1419880998544678913

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077