Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा गगनको गर्जन : 'आसेपासे पोस्ने अघिल्लो सरकार बालुवाटारबाट 'बार्दली' पुग्यो'

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पुनःस्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको बताएका छन्।

आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले भने, 'संसद्लाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने, न विज्ञानलाई पत्याउने । स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने । जनताको दुहाइ दिने, तर आसेपासे पोस्ने । बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने। यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार । नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन।'

यस्तै, पूर्वमन्त्री समेत रहेका थापाले संसद्ले पनि संकल्प गर्नुपर्ने बताउदै भने 'न त यो संसद्लाई बेवास्ता गर्न दिइने छ। न त कामविहीन बनाउन। न त मनोमानी ढंगले स्थगित गर्न दिइने छ। न त छल्न, उनले थपे, 'यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग डराउनुपर्ने छ, सांसद्को प्रश्नसँग, सरकारको निगरानीसँग। परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ। यो संसद् जोगाउन लाग्ने हामी प्रत्येक सांसद्को छ', थापाले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077