Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भैँसीलाई घाँस हाल्न गएकी मनकलाको अज्ञात व्यक्तिले गरे गोठमै हत्या

रुकुमपश्चिम । जिल्लाको त्रिवेणी गाउँपालिका-४ की २६ वर्षीया मनकला खत्रीको हत्या भएको छ।

सोमबार राती आफ्नै घरको गोठमा भैँसीलाई घाँस हाल्न गएकी मनकलाको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरिएको सपारिवारिक स्रोतले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख ध्रुवकुमार श्रेष्ठका अनुसार घटनास्थलतर्फ टोली पठाएर अनुसन्धान शुरू गरिएको छ ।

थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर झिकाइएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077