Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालमा एक वर्षमै ३६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात, यसको सङ्केत के ?

काठमाडौँ। कोरोना भाइरस महामारीबीच नेपालमा गत आर्थिक वर्षमा मोबाइल फोनको आयातमा खर्च भएको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोबर पुगेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरिएको छ।

राजश्व बापत मात्र नेपाल सरकारले पाँच अर्ब ८४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा भने १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको ४३ लाख ६५ हजार ९९० वटा मोबाइल सेट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

त्यसबाट सरकारले २ अर्ब ८७ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको तथ्याङ्क छ।

यी अवधिमा नेपालले खासगरी छिमेकी मुलुक भारत र चीनबाट मोबाइल फोनका ब्याट्री पनि उल्लेख्य सङ्ख्यामै आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखा बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077