Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप ३३ जनाको मृत्यु, मृतकको संख्या १० हजार नजिक

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ९९३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १५ हजार ८०८  जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,६३४ र एन्टिजेन विधिबाट १,२०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७७१ पुगेको छ ।

हालसम्म देशभर ३८ लाख ७९ हजार ४१०  नमुनाको कोरोना परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077