Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका डीआईजी श्रेष्ठ पुनः पदमुक्त, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज

काठमाडाैं ।  सशस्त्र प्रहरी बल (एपीएफ)का डीआईजी प्रविण श्रेष्ठ पुनः पदमुक्त भएका छन् ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेपछि श्रेष्ठ पदमुक्त भएका हुन् । यसअघि डीआईजी श्रेष्ठ सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट पुनर्वहाली भएका थिए।

डीआईजीको चार वर्षे कार्य अवधिका कारण श्रेष्ठ गत असार ९ गते अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियामवली अनुसार सशस्त्र प्रहरी नायव महानिरीक्षकको उमेर हद ५६ वर्ष नपुगेको र ३० वर्षे सेवाअवधि ननाघेको अवस्थामा एक वर्ष सेवा अवधि थप गर्न सक्ने व्यवस्था छ ।

यसै व्यवस्थाकाे आधारमा श्रेष्ठ डीआइजीमा एक वर्ष म्याद थप नभएको भन्दै अदालत गएका थिए ।

उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो । पुनर्वहाली भएको एक साता नपुग्दै उनी पदमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077