Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सांसद पद पुनर्वहालीको माग गर्दै सर्वोच्चमा गुहार मागेका पूर्वमाओवादी नेताको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । मन्त्री बन्नकै लागि नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका पूर्व माओवादीका ४ नेताहरु यतिबेला सर्वोच्च अदालतमा गुहार माग्न पुगेका छन्।

नेकपा एमालेमा प्रवेश गरेको ४ महिनापछि बुधबार 'हामी एमाले होइनौं, माओवादी नै हौं' हाम्रो सांसद पद पुनर्वहाली गरियोस् भन्दै पूर्वमाओवादीका चार नेताहरुले सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुको उक्त रिटमाथि आज सुनुवाइ हुँदैछ।

गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो।

नेकपा माओवादी केन्द्रको कारबाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका उनीहरुले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका थिए।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077