Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, उपप्रधानमन्त्रीसहित परराष्ट्रमा सुजाताको चर्चा

काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक चलिरहेको बेला नेपाली कांग्रेसको तर्फबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीमा सुजाता कोइरालाको चर्चा चलेको छ।

कांग्रेस नेत्री कोइराला निकट स्रोतका अनुसार पछिल्लो केही दिनदेखि बसेको कांग्रेस संस्थापनइतर समूहको बैठकले आफ्नो समूहले पाउने मन्त्रालयमा उपप्रधानमन्त्रीको दाबी गरेको थियो। सोही अनुसार कोइरालालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रको जिम्मेवारीमा पठाउने सम्भावना बढी रहेको स्रोतको दाबी छ।

‘उहाँको सम्भावना बढी छ। तर, गठबन्धनका अरु दलसँगको समझदारी अनुसार कुन जिम्मेवारी पाउने भन्ने टुंगो लाग्नेछ’, कोइरालानिकट एक नेताले भने।

कोइराला यसअघि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री भएकी थिइन्।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै नभए भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । गठबन्धन आवद्ध दल र आफ्नो पार्टीको अर्को समूहबाट नाम सिफारिस भएर आए आजै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी रहेको उनको सचिवालयले बताएको छ।

हाल देउवा नेत्रित्को सरकारमा माओवादीबाट दुई र कांग्रेसबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077