Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लाखौंको चेक बाउन्स मुद्दामा फरार रहेका खड्का ४ महिनापछि पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर मुद्दा (चेक बाउन्स)मा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ मनोहरा नगरपालिका २का ४६ बर्षीय राम खड्का रहेका छन् । खड्कालाई सीआईबीको टोलीले बुधबार काठमाडौँकै हात्तीगौंडाबाट पक्राउ गरेको हो।

पक्राउ परेका खड्कालाई गत बैशाख १४ गते उच्च अदालत पाटनबाट ९ दिन कैद सजाय र नौं लाख जरिवानाको फैसला सुनाईएको थियो।

अदालाथ्को उक्त फैसलापछि फरार रहेका खड्काले पीडीतलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएपछि झुक्याएर एन.आई.सी एसिया बैंकको चेक दिएको सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोले जानकारी दिए ।

एसपी महतोका अनुसार खड्कालाई बैंकिङ्क कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सजाय माग गर्दै अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077