Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ठमेलमा चिनियाँ नागरिकको बिगबिगी: घर नै भाडामा लिएर रक्सी फ्याक्ट्री सञ्चालन, महाशाखाको छापा

काठमाडौं। महानगरीय अपराध महाशाखा काठमाडौँले चिनियाँ नागरिकले ठमेलमा सञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ ।

महाशाखाका अनुसार उक्त फ्याक्ट्रीमा अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको जानकारी आएपछि प्रहरीलेछापा मारेको हो। जसमा ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

एसपी कोइरालाका अनुसार चिनियाँ नागरिकले ठमेलको ज्याठामा एक घर भाडामा लिएर मेसिननबाटै घरेलु रक्सी बनाउने गरेका थिए।

यसबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077