Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमसीसी खारेजीको माग गर्दै जंगिए भीम रावल, 'बिदेशीको हस्तक्षेप सह्य हुँदैन'

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. भीम रावलले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका समझौताबारे कुरा उठाएका छन् ।

आज प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद रावलले एमसीसीलगायतका समझौताबारे आपत्ति जनाउदै नेपालको कानुनमाथि बिदेशीको हस्तक्षेप सह्य नहुने र स्वाभिमानी नेपालीहरु विदेशीको अण्डरमा बस्न नसकिने बताए।

संसदमा एमसीसीलगायत अन्य गोप्य सम्झौता सबै जनताको सामु पारदर्शीताको माग गर्दै उनले त्यस्तो राष्ट्रघाती सम्झौता हुन नसक्ने जिकिर गरे । 'म कानुनको बिद्यार्थी हुँ, यहाँ भएका सबैजना कानुनको निर्माणकर्ता हुनुहुन्छ, संसदमा रावलले भने, देशको हित विपरित हुने त्यस्तो राष्ट्रघाती सम्झौता खारेज गरौं।'

तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको पालादेखि भएको बिदेशी सम्झौताबारे आफूले अध्ययन गरेको र अनुमति पाए संसदमा पढेर सुनाउन सक्ने दाबी गर्दै नेता रावलले नेपाल जस्तो स्वाभिमानी देशलाई अरुको खटनमा सह्य हुन नसक्ने दोर्हयाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077