Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप २७ जनाको मृत्यु, मृतकको संख्या १० हजार नजिक

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ८१६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १४ हजार ६६१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,४६७ र एन्टिजेन विधिबाट १,१४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट ६० हजार ५२४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।  नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८३४ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

हालसम्म देशभर ३५ लाख ९४ हजार २०२ नमुनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077