Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरियासँगको मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाउन इच्छुक : प्रधानमन्त्री देउवा

    कोरियासँगको मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाउन इच्छुक : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रिपब्लिक अफ कोरियाका राष्ट्रपति मुन जे-इनलाई धन्यवाद दिएका छन् ।

    शुक्रबार प्रधानमन्त्री देउवाले शुभकामना सन्देशको लागि राष्ट्रपति मुनलाई धन्यवाद दिएका हुन्। यसअघि कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएकोमा कोरियाली राष्ट्रपति मुनले शुभकामना व्यक्त गरेका थिए।



    धन्यवादको क्रममा सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री देउवाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन एक साथ काम गर्न आफू इच्छुक रहेको उल्लेख समेत गरेका छन्।



    देउवाले ट्वीटमार्फत भनेका छन्, ‘शुभकामना सन्देशको लागि रिपब्लिक अफ कोरियाका राष्ट्रपति मुन जे-इनलाई धन्यवाद । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन तपाईँसँग एक साथ काम गर्न इच्छुक छु। आज कोरियाका राजदूत पार्क चोङ-सुकसँग भेटघाट भयो र सो क्रममा उहाँसँग द्विपक्षीय सम्बन्धलाई बढावा दिनेबारे छलफल भयो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार