Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

३३ किलो सुन काण्डका फरार अभियुक्त गौशालाबाट पक्राउ

काठमाडौं। ३३ किलाृ सुन काण्डका फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरीले फरार रहेका एक अभियुक्तलाई गौशालाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ‘भोजे मामा’का नामले चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको हो।

मोरङको गौरादह नगरपालिका ८ का भण्डारी दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन काण्डका एक अभियुक्त हुन्। सो प्रकरणमा सुन बोक्ने भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीको अनुसन्धानबाट ३३ किलो सुन काण्ड सार्वजनिक भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077