Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हेलमेट नलगाई बाईकमा हुँइकिएका पारस शाहको दादागिरी, रोक्न खोज्दा प्रहरीमाथि नै जाइलागे

काठमाडौं । बेलाबेला उपद्रो र अनौठो गतिविधिका कारण विवादमा आइरहने पूर्वयुवराज पारस शाहले आज फेरि प्रहरीसँग लफडा गरेका छन्। हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका उनलाई नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि पारसले उद्दण्डता देखाएका हुन्।

सञ्चारकर्मी गणेश बुढाले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धम्क्याएका छन्। प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन्। उनले ‘तैले भन्दा जाने ?’ भनेर धम्क्याएको भिडियोमा देख्न सकिन्छ।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ। महानगरीय ट्राफिक प्रहरी कार्यालय महाराजगञ्जले भने यो त्यस्तो ठूलो घटना नभएको बताएको छ। त्यहाँका एक अधिकारीले भने, ‘खासै ठूलो घटना होइन। चार–पाँच मिनेटको घटना हो। सम्झाईबुझाई पठाइदिएका छौं। अहिले सबै ठीक भइसक्यो।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता एसपी सञ्जिव शर्मा दासले धेरै सञ्चारकर्मीको फोन आए पनि घटनाबारे जानकारी नभएको बताए। उनले भने, ‘तपाईंजस्तै धेरैजनाको फोन आयो। मलाई पनि जानकारी छैन। महाराजगञ्जको ट्राफिकसँग बुझ्दा पनि जानकारी छैन भन्ने खबर आयो। महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पनि बेखबर छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077