Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३,१०६ जनामा संक्रमण पुष्टि हुँदा २३ जनाको मृत्यु, १,९१६ जना डिस्चार्ज

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ९१६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १३ हजार ५१९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,२८० र एन्टिजेन विधिबाट ८२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ९५ हजार ३८९ जना र एन्टिजेन विधिबाट ६१ हजार ३५० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।  नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८५७ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

हालसम्म देशभर ३६ लाख ०३ हजार ४६५ नमुनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077