Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलम्पिक फुटबल : स्पेन सेमिफाइनलमा प्रवेश

एजेन्सी – स्पेन जापानमा जारी टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। स्पेनले आइभोरी कोस्टलाई ५–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। हारको संघारमा पुगेका स्पेनका लागि वैकल्पिक फरवार्ड राफा मिरले बचाएका थिए।

आइभोरी कोस्टले दोस्रो हाफको इन्ज्युरी समयसहित खेलमा दुई पटक अग्रता लिएपनि जित हासिल गर्न भने सकेन। खेलको दशौं मिनेटमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर एरिक बेलीले गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए। ३० औं मिनेटमा स्पेनले बराबरी गोल फर्कायो।

दोस्रो हाफमा दुवै टोलीले गोलको लागि प्रयास गरेपनि इन्ज्युरी समयसम्म कुर्नुपरेको थियो। बल पोसेसनमा पकड जमाएको स्पेनवि’रुद्ध इन्ज्युरी समयको पहिलो मिनेटमा आइभोरी कोस्टले अग्रता लिएको थियो।

काउन्टर अट्याकमा अघि बढेको अफ्रिकी टोलीका लागि कप्तान ग्रेडलले गोल गर्दै जितको संघारमा पुर्याएका थिए। तर त्यसको दुई मिनेटमा नै स्पेनले बराबरी गोल फर्कायो। ६ यार्ड बक्स भित्रबाट वैकल्पिक फरवार्ड राफा मिरले बराबरी गोल गरेका थिए।

अतिरिक्त समयको ९६ औं मिनेटमा स्पेनले अग्रता लिने सुवर्ण अवसर पायो। बेलीले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा मिकेल ओयाराज्बलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

खेलको अन्तिम ३ मिनेटमा मिरले लगातार दुई गोल गर्दै स्पेनलाई ५–२ को जित दिलाए। उनले १ सय १७ औं मिनेटमा ओल्मोको पासलाई गोलमा परिणत गरे। निकै आ’क्रामक देखिएको अफ्रिकी टोलीवि’रुद्ध अतिरिक्त समयमा ओयाराज्बलको पासमा गोल गर्दै मिरले जित पक्का गरे।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077