Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलम्पिक फुटबल : सेमिफाइनलमा यी टोलीबीच हुनेछ महाभिडन्त

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा ब्राजिल र मेक्सिको सेमिफाइनलमा भिड्ने भएका छन्। शनिबार भएको क्वार्टरफाइनल खेल जित्दै ब्राजिल र मेक्सिकोले सेमिफाइनल भेट पक्का गरेका हुन्।

शनिबारकै क्वार्टरफाइनल खेलबाट स्पेन र आयोजक जापान सेमिफाइनल पुगिसकेका छन्। पाँच वर्षअघि आफ्नै मैदानमा भएको रियो ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलले इजिप्टलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

ब्राजिलका लागि माथेउस कुन्साहले एक मात्र गोल गरे। उनले खेलको ३७ औं मिनेटमा रिचार्लिसनको पासमा गरेको गोल निर्णायक बनेको हो।

यस्तै चौथो क्वाटरफाइनलमा मेक्सिकोले दक्षिण कोरियालाई ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। निसान स्टेडियममा भएको खेलमा मेक्सिकोका लागि हेनरी मार्टिन र फ्रान्सिस्को कोर्डोभाले दुई–दुई गोल गरे भने लुइस रोमो र एडुअर्डो अगुएरेले समान एक गोल गरे। दक्षिण कोरियाका लागि डोङ केयोङ लिले दुवै गोल गरे।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077