Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चोरिका मोटरसाइकलसहित तीन जना पक्राउ

    चोरिका मोटरसाइकलसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ ।

    उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ ।



    चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोशाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।



    सोही क्रममा गएराति मोटरसाइकलसहित भक्तपुरबाट रामेछापका दीपेन्द्र भुजेल, ताप्लेजुङका विशेष लिम्बू र धनुषाका विकल थापालाई पक्राउ गरिएको उनले जानकारी दिए । भक्तपुरका वासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ मा हराएको मोटरसाइकल उनीहरुले नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला पारिएको थियो ।

    अर्काे पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा९६ प ८८३६ को मोटरसाइकल पनि नम्बर परिवर्तन गरेको अवस्थामा भेटिएको थियो । मोटरसाकलसहित तीनैलाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ ।

    गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ व्यक्तिलाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी एकाइमा पठाइएको छ । सोही वर्ष हराएका ३९७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार