Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली सेनाको कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मालाई नियुक्त गरेकी छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ३ वर्षे पदावधिका कारण भदौ २४ बाट अनिवार्य अवकाश पाउने भएकाले राष्ट्रपति भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेकी हुन् ।

प्रधानसेनापति थापा साउन २५ देखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी शर्मालाई सैनिक ऐन, २०६३ को दफा (८) को उपदफा (३) अनुसार साउन १२ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सिफारिस भए अनुसार शर्मालाई राष्ट्रपतिले साउन २६ गतेबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077