Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुरमा 'एलएमसी पुलिस एक्सन टिम' गठन

काठमाडौं। ललितपुर महानगरपालिकाले 'एलएमसी पुलिस एक्सन टिम' गठन गरेको छ।

सोमबार महानगरपालिकाले नगर प्रहरीको कार्यमा तिब्र बनाउँदै सेवालाई थप प्रभावकारी बनाउन नयाँ टिम गठन गरेको हो ।

पूर्वप्रहरी निरीक्षक सिताराम हछेथु महानगरपालिकाको प्रहरी प्रमुखमा नियुक्ति भएदेखि उनले महानगरपालिकाभित्र व्यवस्थापन र सुरक्षाको लागि विभिन्न कामहरू गरिरहेका छन् । जसको पछिल्लो उदाहरण एलएमसी पुलिस एक्सन टिम हो।

नगरबासीको समस्या तत्काल सहजिकरण गर्ने, शहरलाई सुन्दर र व्यवस्थित गर्न टिम गठन गरेको बताइएको छ।

टिमले नगर विकास अभियानमा विरोध पुर्‍याउने व्यक्तिलाई कानुनी दायरमा ल्याउने, विपदमा परेकाहरूको उद्धार गर्ने, सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्ने लगायतका काम गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077