Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महन्थ ठाकुरद्वारा दायर रिटमाथिको सुनुवाइ आज

    महन्थ ठाकुरद्वारा दायर रिटमाथिको सुनुवाइ आज

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा आज उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

    यसअघि गत शुक्रबार न्यायाधीशद्वय खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ हुने भनिएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।



    निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि प्रक्रिया रोक्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।



    उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरिरहन नपर्ने निर्णय गरेको थियो ।

    ‘निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले म समेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकोले सुबिधा सन्तुलनको दृष्टिबाटसमेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार