Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हिरासतमा आत्महत्या प्रकरण : दलित अगुवा आन्दोलित, पूर्वमन्त्री महासेठको पुत्ला दहन

आर एन यादव / जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा थुनुवा पल्टु रबिदासले शौचालयमा झुण्डिएर आत्महत्या गरेको घटनामा पूर्वमन्त्री एवं एमाले नेता रघुवीर महासेठ पनि मुछिएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका वडा नम्वर २ बस्ने ४० वर्षीय रबिदासले आत्महत्या गरेका थिए । तीन दिनदेखि उनको शव प्रादेशिक अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ। पीडित परिवारले ‘आत्महत्या होइन्, हत्या हो’ भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्नमानि रहेका छैन् ।

मृतकका परिवार, आफन्त र दलित अगुवा आन्दोलित बनेका छन् । उनीहरुले शनिबार साँझ जनकपुर–ढल्केबर सडक स्थित लक्ष्मीनियाँ चोकमा चक्का जाम समते गरेका थिए । सोही क्रममा पूर्व मन्त्री समेत रहेका एमाले नेता महासेठको पुत्ला समेत जलाएका थिए । उनको पुत्लामा लेखिएको थियो, ‘घरायसी झगडामा मुद्दा दिलाउन माहिर दलालोका बाप रघुवीर महासेठ ।’ भनेर लेखिएका थिए । आन्दोलनकारिहरुले चार जनाको पुत्ला जलाएको थियो ।

आन्दोलन कारीहरुले लालजी साह, राजकिशोर रबिदास र शम्भु यादवको पनि पुत्ला जलाएका थिए । तीनै जनालाई स्थानीयले दलालको संज्ञा दिएका थिए ।

राजनितिकै कारण पल्टु जेल परे 

स्थानीयका अनुसार अग्नु रबिदास र पल्टुसँग हातेपम्पको विषयमा सामान्य विवाद भएको थियो । तर अग्नुलाई उसकाएर तीनै जनाले नेता महासेठबाट प्रहरीलाई दबाब दिन लगाएर पल्टुमाथि मुद्दा दर्ता गराइयो । यदि मिलापत्र गराइदिएको भए, पल्टुलाई थुनामा बस्नु पर्ने अवस्था अउदै थियो । र उनले आत्महत्या गर्नुपर्ने अवस्था आउने थिएन ।

२०७७ चैत ११ मा पल्टु (मृतक) र भाइ अग्नुबीच विवाद भएको थियो । दाजु र भाई बीच हानाहान समेत भएको थियो । स्थानीयले झगडा छुटाए । तर झगडामा अग्नुको टाउको फुट्यो । स्थानीयका अनुसार प्रहरीमै मुद्दा दर्ता गराउने खालको घटना नै थिएन । तर मिलापत्र गराउनुको साटो अग्नुलाई उसाकाएर ‘दलालहरु’ले प्रहरीमा मुद्दा दर्ता गर्न लगाए ।

धरौटी रकम नबुझाउदाँ उनी जेल परे 

कुटपिट तथा अंगभंग मुद्दा दर्ता भए पनि करिब ३ महिनासम्म पल्टु पक्राउ परेका थिएनन् । दबाब दिएपछि गत असार २२ मा पल्टुलाई प्रहरीले पक्रेको स्थानीयको भनाइ छ । उनलाई प्रहरीले अदालतमा पेश गर्दा २ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो ।

तर २ लाख धरौटी बुझाउने क्षमता पल्टुसँग थिएन, बुझाएनन् । प्रहरीले उनलाई सिन्धुली कारागार पठाउने तयारी गरेको थियो । तर उनी आफूले लगाएको गन्जीलाई पासो बनाएर हिरासत कक्षकै शौचालयमा झुण्डिए । मृतककी पत्नी रणुले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् ।

उनले भनिन्, ‘घटना हुनुभन्दा दुई दिनअघि मात्र हिरासतमा श्रीमानलाई भेट्न गएको थिएँ । त्यतिबेला ती तीनैजना ‘दलाल’ प्रहरी कार्यालयमा थिए ।

पट्लुको मृत्युपछि परिवारको बिजोग 

रेणु मृतक पल्टुका दोस्रो श्रीमती हुन् । जेठी श्रीमतीको निधन भएपछि उनले दोस्रो बिहे गरेका थिए । पहिलो श्रीमतीतर्फ एक छोरा र एक छोरीको (बिहे भइसकेको) छन् । दोस्रो श्रीमती अर्थात् रेणुतर्फ ८ र ३ वर्षकी छोरी छन् ।

पट्लुको मृत्युपछि परिवारको बिजोग भएको छ । उनीहरुको जम्मा ६ धुर जग्गा छ । ‘न घरमा सुत्ने अवस्था छ, न खाने अन्न छ । ज्याला मजदुरी गरेपछि जसोतसो घर चल्थ्यो’ रेणुले अर्धचेत अवस्थामा भनिन् ।

दलित अगुवाहरुको माग अनुसार प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति समेत गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077