Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३,१२५ जना संक्रमित थपिँदा २३ जनाको मृत्यु, १,९२५ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने थप १ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ पीसीआर परीक्षणमा आज थप २ हजार २७९ जना र एन्टिजेन विधिद्वारा गरिएको ३ हजार १९८ परीक्षणबाट ८४६ जनामा पोजिटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ रहेको छ ।

यसैगरी बिगत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077