Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

रामनारायण यादव, सप्तरी । सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका वडा नम्वर ४ अमाहास्थित सोमबार साँझ दुर्घटना भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परि मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ५ बस्ने २९ वर्षीय बुधसागर चौधरी र सिरहाको लहान नगरपालिका वडा नम्वर १७ बस्ने २८ वर्षीय रामाशंकर यादव रहेका छन्।

बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। पूर्व तर्फ जाँदै गरेको बा २ ख ५६८२ नम्वरको बसलाई सोही दिशाबाट जाँदै गरेको स ११ प ४०३८ नम्वरको मोटरसाइकलले ओभरटेक गर्ने प्रयास गरेको थियो।

सोही क्रममा मोटरसाइकल बसमा ठोक्किदा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको प्र न २–०१–१–००१ प ९५५६ नम्वरको अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले बताएको छ। उनीहरु दुबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लले जानकारी दिए।

सोही दुर्घटनामा घाइते अन्य दुईजना घाइते भएका छन्। घाइते हुनेमा शम्भुनाथ नगरपालिका वडा नम्वर ७ बस्ने २८ वर्षीय अनन्द चौधरी र लहान नगरपालिका वडा नम्वर २० बस्ने अन्दाजि २३ वर्षीय सोनम चौधरी घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077