Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दार्चुला घटना: भारतसमक्ष विरोध जनाउन सरकारसँग एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन सरकारसँग माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा एमालेले भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन 'काटिदिँदा' जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाबारे औपचारिक विरोध जनाउन माग गरेको हो ।

दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद गणेशसिंह ठगुन्नाले एमालेको तर्फबाट बैठकमा भने 'यो घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरियोस्,' ठगुन्नाले भने, 'यो घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहिल गरियोस् ।'

यस्तै, सांसद ठगुन्नाले दार्चुला खलङ्गा-तिंकर-कालापानी सडकलाई राष्ट्रिय गौरव आयोजनामा राख्न माग गरेका छन् । उनले त्यो सडक खन्ने जिम्मेवारी नेपाली सेना र स्थानीय युवाहरूलाई दिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077