Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नक्कली परीक्षार्थीमार्फत प्रहरीको लिखित परीक्षा पास, ५ जना पक्राउ

धनगढी । प्रहरीले नक्कली परीक्षामार्फत प्रहरी जवानको लिखित परीक्षा पास गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ताका क्रममा लिखित परीक्षा नक्कली परीक्षार्थीमार्फत दिएको खुलेपछि विभिन्न जिल्लाका पाँच जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा बझाङको तलकोट गाउँपालिका–३ का सुदीपकुमार रोकाया, दुर्गाथली गाउँपालिका–५ का दीपेन्द्र जप्रेल, कैलालीको धनगढी उपमहानगरपालिका–१६ का सुन्दर चौधरी, कैलारी गाउँपालिका–७ का रामनरेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का नरेन्द्र धामी रहेका छन्।

उनीहरु पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताइएको छ। लिखित परीक्षामा पास भएका उनीहरुको अन्तर्वार्ता लिने क्रममा प्रस्तुति शंकास्पद देखिएको थियो। मौखिक परीक्षामा एउटा प्रश्नको समेत जवाफ दिन नसकेपछि सोधपुछ गर्दा उनीहरुले रकम दिएर अरु नै व्यक्तिबाट परीक्षा दिन लगाएको पाइएको हो।

उनीहरु साउन १० देखि १६ गतेसम्म फरक–फरक मितिमा पक्राउ परेका हुन्। उनीहरुको परीक्षा दिने व्यक्तिलाई समेत पक्राउ गरेर कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ। अहिले जिल्ला प्रहरी कार्यालयले कित्र्तेमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ भने लोकसेवा आयोगले समेत उनीहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077