Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुस्ताङ कोरोनाको पूर्ण खोप लगाउने दोस्रो जिल्ला

मुस्ताङ । मुस्ताङ कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाउने दास्रो जिल्ला बनेको छ। मूताङमा १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाइएको छ। १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो।

स्वास्थ्य कार्यालय मुस्ताङकाअनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो। मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २०० नागरिकलाई पनि खोप दिइएको छ। योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५०० रहेको छ।

त्यहाँ जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७००, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३२० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४७२ जना छन्।
मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए। जसमध्ये १५ जनाको मृत्यु भएको थियो। अहिले २३ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077