Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्वास्थ्यमन्त्री बन्ने गगनको इच्छा, भन्छन्- देउवाको हातमा छ

चितवन । नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले पुनः स्वास्थ्यमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्।

बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता थापाले त्यसको निर्णय भने प्रधानमन्त्रीको हातमा रहेको बताए ।

थापाले देश कोरोना महामारीसँग लडिरहदाँ पनि देशले स्वास्थमन्त्री पाउन नसकेकाे भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू फेरि स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताए।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे स्वास्थ्यमन्त्री बन्न तयार छु,’ थापाले भने, तर, गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब दिन नहुने थापाको भनाइ छ।

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका थापाले अघि भने, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने पनि बकाइदा काम गरिनेछ ।’

यस्तै,  पार्टीको महाधिबेशनप्रति पत्रकारले सोधेको प्रश्नमा भने नेता थापाले महाधिवेशन कुनै हालतमा सार्न नहुने बताए।

‘महाधिवेशन सार्नु हुदैन। सदस्यता विवाद देखाएर मधाधिवेशन सार्नु पर्ने आवश्यक्ता छैन। बरु केहीदिन तलमाथि हुनसक्छ। महाधिवेशन नभए पार्टी नै असफल हुन्छ,' थापाले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077