Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुरबाट १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र विरगंज महानगरपालिका वडा ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन्।

बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व-पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेक गर्नेक्रममा ट्रक पछाडी फल्स बटम बनाएर लुकाइएको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077