Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संक्रमितको संख्या ४ हजार नाघ्यो, १, ५३५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ५३५ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार २९८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,९७५ र एन्टिजेन विधिबाट १,१३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख ५ हजार ७२ जना र एन्टिजेन विधिबाट ६४ हजार ८५० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल नेपालमा ३० हजार २७० जना होम आइसोलेसन, ३ हजार १९४ जना संस्थागत आइसोलेसन, ७१४ जना आईसीयू र १५६जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ६१ हजार ६५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.८प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट आज थप ३५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ९५७ पुगेको छ ।

नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ । हालसम्म देशभर ३६ लाख ४४ हजार ४७२ नमुनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077