Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसद विमला वली भन्छिन्– ‘नेपालगञ्ज भनेर बुटवल लगे’

    सांसद विमला वली भन्छिन्– ‘नेपालगञ्ज भनेर बुटवल लगे’

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 2.4K
    SHARES

    बुटवल – लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली चर्चामा छिन्। एक सातासम्म पार्टीको सम्कर्पमा नआएको भनिएकी वली बुधबार माओवादी केन्द्रको सम्पर्कमा आइन्।

    मोओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी उनले आफूलाई झुक्याइएको बताएकी छिन्। एमालेका नेताहरुले झुक्याएर आफूलाई बुटवल पु¥याएको दाबी गरेकी छिन्।



    माओवादी सांसद तथा नेताहरुसंग कुरागर्दै आफूलाई नेपालगञ्ज पुर्‍याइदिन्छु भनेर गाडीमा हालिएको र एकाएक बुटवल पुर्‍याईएको बताइन्। माओवादी केन्द्र लुम्बिनी प्रदेशकी अध्यक्ष ओनसरी घर्तीका अनुसार सांसद विमलालाई तुलसीपुर स्थित घरबाट नेपालगञ्ज जान भनेर गाडीमा हालिएको थियो।



    विमलाको माइती नेपालगन्जमै हो। उनी माइती जान मन्त्रीको गाडी चढेकी थिइन्। ‘नेपालगन्ज जाऔं भनेर मन्त्रीकै गाडीमा हालेर लगिएको रहेछ,’ घर्तीले भनिन् ‘आफ्नो माईती घर पनि नेपालगञ्जमै रहेकाले उहाँले पनि जान स्वीकार गर्नु भएको रहेछ।’

    नेपालगञ्ज जानका लागि भनेर गाडी चढाईएकी विमलालाई अमिलियाबाट सिधै पूर्व तर्फ लगिएको थियो। तर नेपालगञ्ज जानका लागि पश्चिम जानु पर्ने भएपनि एकाएक पूर्व तर्फ गाडी हुँईक्याएपछि उनले असन्तुष्टि जनाएकी थिइन्।

    विमलाले माओवादी सांसदहरु संग गरेको कुराकानी अनुसार उनलाई सिधै मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्‍याईएको थियो। झण्डै साता दिनअघि बुटवल पु¥याईएकी उनलाई बाहिर निस्कनै दिइएको थिएन। तर बिहिबार उनि त्यहाँबाट निस्कन सफल भएको र सिधै माओवादीको सम्पर्कमा पुगेको ओनसरीले बताइन्।

    हाल माओवादीको सम्पर्कमा रहेकी विमला बिहिबार मात्रै सार्वजनिक हुने भएकी छिन्। उनले बिहिबार पत्रकार सम्मेलन गरेर आफ्नो सम्पर्क बिहिनताको यथार्थता बाहिर ल्याउने बताइएको छ। ‘अहिले हाम्रा माननीय ज्यूहरुसँग उहाँ सुरक्षित हुनुहुन्छ,’ ओनसरीले भनिन् ‘उहाँलाई अब कुनै पनि अप्ठ्यारो पर्न दिने छैनौँ।’

    यसअघि मंगलबार मात्रै सांसद विमलाको नाममा विज्ञप्ती प्रकाशित भएको थियो। उनको नाममा प्रकाशित विज्ञप्तीमा वली पुनः एमालेमै फर्किएको उल्लेख गरिएको थियो। तर उक्त विज्ञप्तीमा सांसद बिमलाको हस्ताक्षर किर्ते गरेर जारी गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार