Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कार्यालय परिसरमै मृत भेटिए सशस्त्र प्रहरीका जवान

कैलाली । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन्।

डडेल्धुरा भागेश्वर–१ का ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077