Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रहरी चेकिङ देखेपछि सडकमै स्कुटर छोडेर भागे ३ युवक, प्रहरीले पिछा गरेर पेस्तालसहित प्रक्रियो

काठमाडौं । प्रहरीले पेस्तोल र खुकुरीसहित ५ जना युवकलाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय विपिन मगर उर्फ विकेश, २५ वर्षीय मन्दिप थापा र १९ वर्षका सुजन मगर छन्।

स्कुटरमा सवार उनीहरुको साथबाट १ थान पेस्तोल, म्यागाजिन र पाँच राउण्ड गोली बरामद गरिएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले विकेश मगरको झोलाबाट २ थान खुकुरी र गाँजा पनि बरामद गरेको छ।

टाढैबाट प्रहरीले चेकिङ गरिरहेको देखेपछि उनीहरु आफूले चढेको स्कुटर नै छोडेर भागेका थिए। प्रहरी टोलीले पिछा पर्दै गएर उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077