Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एमाले माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै, ओली समूहको आपत्ति

काठमाडौं । बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक अहिले बिहान एघार बजे बस्दैछ।

तर, पार्टीका अध्यक्ष केपी शर्मा ओली समूहले माधव समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन्। केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको जानकारी दिएका छन्। उनले केन्द्रीय सदस्यहरुलाई आधिकारिक बैठक नभएको भन्दै नझुक्किन भनेका छन्।

बिहीबारको बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन्। संसद् पुनर्स्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

बैठकमा राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्ने बताइएको छ। पार्टीको विवाद र सरकारमा सहभागिताका विषयमा पनि छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077