Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गुल्मीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जानकारी दिएको छ।

बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077