Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाम्लोले बाँधेर स्थानीय युवा कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

जाजरकोट । जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । गत साउन १५ गते स्थानीय सर्पे नेपालीलाई दाम्लोले बाँधेर निर्घात कुटपिट गरेकाे आराेपमा उनलाई बिहीबार इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले घरबाटै पक्राउ गरेको हो । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुनने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए । ‘वडा अध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं,’ प्रहरी निरीक्षक पाण्डेले भने । यस्तो थियो घटनाको बिवरण : जाजरकोटमा वडाध्यक्षद्वारा युवालाई दाम्लोले बाँधेर कुटपिट, प्रहरी बेखबर ! (भिडियो)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077