Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्ना विरोधीलाई बदनाम गर्न चीनले सामाजिक सञ्जालहरूको ठूलो नेटवर्क प्रयोग गरेको खुलासा

एजेन्सी । तीन सय पचासभन्दा बढी झूटा सामाजिक सञ्जाल खाताहरूको एउटा ठूलो नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ।

सेन्टर फर इन्फरमेसन रेजिलेन्स अर्थात् सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली सामाजिक सञ्जाल प्रोफाइलहरूको उद्देश्य पश्चिमा विश्वको विश्वसनीयता खस्काउनु र बाहिरी विश्वमा चीनको प्रभाव तथा छवि बढाउनु भएको जनाएको छ।

बीबीसीलाई हेर्न दिइएको उक्त अध्ययन प्रतिवेदनमा ती सामाजिक सञ्जालका नक्कली खाताहरूले चीनका आलोचक निर्वासित चिनियाँ अर्बपति गो वेनगुईसहित अन्यलाई बदनाम गर्न भड्किला कार्टुनहरूलाई फैलाएको पाइएको उल्लेख छ।

त्यस्तै अन्य विवादास्पद व्यक्तिहरूलाई पनि त्यस्ता कार्टुनहरूमा सामेल गरिएको छ। ती सामाजिक सञ्जालका नक्कली खाताहरूले चीनका आलोचक निर्वासित चिनियाँ अर्बपति गो वेनगुईसहित अन्यलाई बदनाम गर्न भड्किला कार्टुनहरूलाई फैलाएको पाइएको उल्लेख छ

त्यस्ता व्यक्तिहरूमा सूचना चुहाइदिने भनिएका वैज्ञानिक लि-मेङ याङ् र डोनल्ड ट्रम्पका भूतपूर्व राजनीतिक रणनीतिकार स्टीभ बानन्‌लगायत छन्।

उनीहरू आफैँ पनि कोभिड-१९ देखि अन्य विषयहरूमा गलत सूचना प्रवाह गरेको आरोप लागेका व्यक्तिहरू हुन्। ट्विटर, फेसबुक, इन्स्टाग्राम र युट्युबलगायतमा बनाइएका त्यस्ता केही खाताहरूमा आर्टिफिसियल इन्टलिजेन्स (एआई) द्वारा बनाइएका प्रोफाइल तस्बिरहरू राखिएका छन्।

अरू खाताहरूमा भने अन्य भाषामा पहिले नै प्रकाशित गरिएका तस्बिरहरू ल्याएर प्रयोग गरेको जस्तो देखिएको छ। तर उक्त सञ्जाल चिनियाँ सरकारसँग जोडिएको भन्ने प्रमाणित हुने कुनै ठोस आधारहरू छैनन्।

ती सञ्जालहरूले चिनियाँ प्रतिनिधि र राज्यद्वारा सञ्चालित मिडियाकै जस्तो चीन समर्थक भाष्यलाई अघि बढाएको देखिन्छ। उक्त सञ्जालबाट वितरण गरिएका अधिकांश सामग्रीहरू अमेरिका केन्द्रित रहेका छन्।

फेसबुक, ट्विटर र युट्युबले उक्त प्रतिवेदनले औँल्याएका कैयौँ खाताहरूलाई गलत सूचना फैलाएको भन्दै आफूहरूले बन्द गराएको जनाएका छन्। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077