Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ताका लागि मुख्यमन्त्री पोखरेलको यस्तो कर्तुत, विमललाई ३ दिनसम्म आफ्नै निवासमा बन्धक बनाएर...

बुटवल । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली चर्चामा छिन् । एक सातासम्म पार्टीको सम्कर्पमा नआएको भनिएकी वली बुधबार माओवादी केन्द्रको सम्पर्कमा आएकी थिइन्।

बिहीबार माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी उनले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी छन् ।

आफूले इन्कार गर्दा पनि एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेकाे वलीले पत्रकार सम्मेलनमा बताइन।

‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिइ जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।’

यस्तै, सांसद वलीले आफूलाई नेपालगञ्ज पुर्‍याइदिन्छु भनेर गाडीमा हालिएको र एकाएक बुटवल पुर्‍याईएको समेत बताइन्। नेपालगञ्ज जानका लागि भनेर गाडी चढाईएपछि अमिलियाबाट सिधै पूर्व तर्फ लगिएको थियो, उनले भनिन्, 'तर नेपालगञ्ज जानका लागि पश्चिम जानु पर्ने भएपनि एकाएक पूर्व तर्फ गाडी हुँईक्याएपछि उनले असन्तुष्टि जनाएको बताइन।

यसअघि मंगलबार मात्रै सांसद विमलाको नाममा विज्ञप्ती प्रकाशित भएको थियो। उनको नाममा प्रकाशित विज्ञप्तीमा वली पुनः एमालेमै फर्किएको उल्लेख गरिएको थियो। तर उक्त विज्ञप्तीमा सांसद बिमलाको हस्ताक्षर किर्ते गरेर जारी गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077