Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निको हुने भन्दा थपिनेको संख्या दोब्बर बढी, ३७ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३  हजार ९३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप २ हजार ०१२ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १८ हजार ४०८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३,००७ र एन्टिजेन विधिबाट ९३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख ८ हजार ०७९ जना र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल नेपालमा ३१ हजार १०८ जना होम आइसोलेसन, ३ हजार ३१४ जना संस्थागत आइसोलेसन, ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ६३ हजार ६६३जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट आज थप ३७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ९९४ पुगेको छ ।

नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ । हालसम्म देशभर ३६ लाख ५६ हजार ३४२ नमुनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077