Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'ह्याप्पी बर्थ डे' रिमा

काठमाडौँ । नेपाली फिल्म क्षेत्रकी प्रख्यात मोडल एवं अभिनेत्री रिमा विश्वकर्मा आजबाट ३३ औं वर्षमा प्रवेश गरेकी छिन् ।

पछिल्लो समय कान्तिपुर टेलिभिजनबाट प्रशारित नेपालकै चर्चित रियालिटी शो 'कमेडी च्याम्पियन'को उद्घोषकका रुपमा काम गरिरहेकी रिमा कार्यक्रम प्रस्तोता, मोडल हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्।

फिल्म ‘स्वर’बाट नेपाली फिल्ममा डेब्यु गरेकी रिमाले भिजा गर्ल, ऋतु, भाले फाइट, बाटोमुनीको फुल २, कोहलपुर एक्प्रेसलगायत फिल्ममा अभिनय गरेकी छन् । उनले अभिनय गरेका फिल्मले खासै प्रगति नगरे पनि उनको बोल्ने शैली र अभिनयले भने बजारमा राम्रै स्थान ओगट्न सफल भएको छ।

सन् १९८९ मा बर्दियाको गुलरियामा जन्मिएकी रिमा सानैबाट बोल्नमा माहिर रहेकी थिइन् । ७ कक्षामा अध्ययनरत छँदा नै टेलिभिजन कार्यक्रम ‘जाँदाजाँदै’बाट सञ्चार क्षेत्रमा आएकी उनी पछिल्लो समय पनि कार्यक्रम प्रस्तोताकै रुपमा प्रख्यात रहेकी छिन।

जन्मदिन मनाइरहेकी रिमालाई विहानदेखि नै आफ्ना आफन्त तथा साथीभाईहरुले शुभकामना दिइरहेको बेला अनललाइन नेपालको तर्फबाट पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077