Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘ह्याप्पी बर्थ डे’ आर्यन

काठमाडौँ। नेपाली फिल्म क्षेत्रमा चक्लेटी हिरो आर्यन सिग्देल आजबाट ३८ औं वर्षमा प्रवेश गरेका छन् ।

विसं २०४१ साल साउन २१ गते थानकोटमा जन्मिएका आर्यनको न्वारनको नाम भने हरिश सिग्देल हो।  ३७ औं जन्मदिन मनाउदै गरेका नायक सिग्देलले आफ्नो जन्मदिनका अवसर पारेर ‘जब’ बोलको म्यूजिक भिडियो युभा फिल्म्समार्फ़त यूट्युबमा सार्वजनिक गरेका छन्।

फिल्म ‘किस्मत’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आर्यन लभस्टोरी फिल्ममा सुहाएका थिए । उनी अभिनित फिल्म ‘कसले चो¥यो मेरो मन’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘के यो माया हो’, ‘कोही मेरो’, ‘नाईं नभन्नू ल ३’ रहेका छन् ।

जन्मदिन मनाइरहेका आर्यनलाई विहानदेखि नै आफ्ना आफन्त तथा साथीभाईहरुले शुभकामना दिइरहेको बेला अनललाइन नेपालको तर्फबाट पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077