Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युवा कुट्ने वडाध्यक्षको पक्षमा प्रदर्शन, स्थानीय भन्छन्– ‘झुट्टा आरोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’

जाजरकोट – जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली प्रहरीको नियन्त्रणमा छन्। भत्ता माग्न जाँदा स्थानीय युवालाई कुटेका कारण उनलाई पक्राउ गरिएको हो।

सोधपुछका लागि प्रहरीले नेपालीलाई पक्राउ गरेपछि उनको पक्षमा प्रदर्शन गरिएको छ। स्थानीय मतदाताले ‘झुट्टा आरोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’ भन्दै प्रदर्शन गरेका हुन्। आफ्नो जनप्रतिनिधिको गल्ती नभएको दाबी उनीहरुले गरेका छन्।

उनीहरुले बिहीबार वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन्। रक्सी सेवन गरी वडा कार्यालय होहल्ला गरेका कारण ती युवकलाई कुटपिट गरेको स्थानीयको भनाइ छ। घटनाको सत्यतथ्य नबुझी आफ्ना वडाध्यक्षलाई पक्राउ गरिएको भन्दै उनीहरुले प्रहरीविरुद्ध नाराबाजी गरेका छन्। वडाध्यक्ष रिहा नभए शुक्रबारदेखि सदरमुकाममै पुगेर विरोध प्रदर्शन गर्ने तयारी गरिएको छ।

प्रहरीले वडाअध्यक्षले स्थानीय १८ वर्षे युवक सर्पे दमाईलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सोधपुछका लागि भनेर पक्राउ गरिएको बताएको छ। सामाजिक सञ्जालमा वडाअध्यक्षको चर्को विरोध पनि भएको छ। जनता कुट्ने वडाअध्यक्षलाई कारबाही गर्ने सर्वत्र आवाज उठिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077