Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुख्यमन्त्री पोखरेलमाथि कारवाहीको माग

काठमाडौँ । राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितलाई कारवाही गर्न माग गरेकी छन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा सांसद कुमारीले लुम्बिनीकी सांसद विमला वली खत्रीको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारवाहीको माग गरेकी हुन् ।

‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ,’ उनले भनिन्।

यस्तै, मुख्यमन्त्री पोखरेल पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै बाटोमा उन्मुख भएको सांसद कुमारीको आरोप छ । उनले भनिन्, ‘अविश्वास प्रस्ताव सामना गर्न नसक्ने, बजेट पेस गर्न नसक्ने, संसद बहिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने, ओली सरकारजस्तै हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री आफै अपहरणमा संलग्न भई कानुन विपरीत कार्य गरिरहेको हुँदा कारवाहीको जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077