Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भदौं १७ र २० गते नेपालले भारतसँग दशरथ रंगशालामा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ भदौ १७ र २० (सेप्टेम्बर २ र ५)मा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

एन्फाका अनुसार दुबै मैत्रीपूर्ण खेल नेपालस्थित दशरथ रंगशालामा हुने छन् ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ ।

नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफ च्याम्पियनसिपको फाइनलमा हराएको थियो । दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई २-१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077