Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको कब्जामा, दुई पक्षीय भीडन्त जारी

एजेन्सी । अफगानिस्तानको दक्षिण पश्चिममा रहेको निमरोज प्रान्तको राजधानी जारान्ज तालिबान विद्रोहीको कब्जामा पुगेको छ। पछिल्लो समय तालिबानको कब्जामा कुनै प्रान्तको राजधानी पुगेको यो पहिलो अवसर हो।

बीबीसीका अनुसार बिद्रोहीहरुले शुक्रबार साँझ सहरमा कब्जा जमाएका हुन्। जारान्ज इरानको सीमामा रहेको मुख्य व्यापारिक केन्द्र मानिन्छ। तालिबानले ट्वीटरमार्फत सहरमा विजयी हासिल गरेको जानकारी दिएको छ। सरकारले भने आधिकारिक रुपमा यसलाई स्वीकार गरेको छैन।

सामाजिक सञ्जालमा सेयर गरिएको फोटोमा सर्वसाधारणले सरकारी भवनमा लुट मच्चाइरहेको देख्न सकिन्छ। अमेरिकी सेना फिर्ता भएसँगै तालिबान बिद्रोहीहरुले तीव्र गतिमा अफगानिस्तानमा कब्जा जमाइरहेका छन्। ग्रामिण क्षेत्रमा प्रभाव जमाइसकेको तालिबानले यतिबेला देशका मुख्य सहरहरुलाई निशाना बनाइरहेको छ।

पश्चिममा रहेको हेरात र दक्षिणमा रहेको लश्कर गाहमा पनि यतिबेला तालिबान र सरकारी फौजबीच भिडन्त जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077